अर्थ-वाणिज्य

सरकार जिम्मेवारपूर्ण मानव अधिकार रक्षक :मुख्यमन्त्री केसी



बुटवल १४ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले मानव अधिकार रक्षा र आम नागरिकलाई त्यसको प्रत्याभूति गराउन प्रदेश सरकार निरन्तर लागिरहेको बताएका छन् । जनताको मानव अधिकारका लागि प्रदेश सरकार सधैँ जिम्मेवार रहेको उनले प्रस्ट पारे ।

राष्ट्रिय मानव अधिकार आयोगले बुटवलमा बिहीबार आयोजना गरेको विश्वव्यापी आवधिक समीक्षा सम्बन्धी कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले नेपाल विगत लामो समयदेखि द्वन्द्वको मारमा रहेकोले त्यसको असर  समाधान गर्न राज्य नै लाग्नुपर्ने बताए ।कार्यक्रममा मानव अधिकार आयोगका सचिव मुरारी खरेलले नेपालमा जातीय, लैंगिक, धार्मिक, सांस्कृतिक विभेदका विरुद्ध मानिसको जन्मसिद्ध अधिकारलाई प्रत्याभूति गराउन सबै लाग्नुपर्ने औल्याए ।

कार्यक्रममा लुम्बिनी प्रदेश सरकारको कानून, महिला तथा बालबालिका, ज्येष्ठ नागरिक मन्त्रालयका सचिव राजेन्द्र थापाले विश्वव्यापी मानव अधिकारसम्बन्धी ९ वटा महासन्धिमध्ये ७ वटामा नेपाल पक्ष राष्ट्र भइसकेको बताउँदै नेपालमा मानव अधिकारको क्षेत्रमा सुधार हुँदै गएको जनाए ।

प्रकाशित : १४ आश्विन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६