गुल्मी, असोज १५। गुल्मीमा १६ दिनदेखि बेपत्ता भएका एक युवक मृत अवस्थामा फेला परेका छन् । मालीका गाउँपालिका ७ घमिरका ३१ वर्षिय लेखनाथ पन्थीभदौ २८ गते घरपरिवारको सम्पर्क भन्दा बाहिर थिए ।
उनको शव हिजो बुधवार घर नजिकै जङ्गलमा सडेको अवस्थामा स्थानीयवासीले फेला पारेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले बताउनुभयो । स्थानीयवासीले दिउँसोपख जङ्गलमा निहुरो टिप्न जाने क्रममा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
मृतक पन्थी शारीरिक र मानसिक दुवै रूपमा अशक्त रहेका प्रहरीले जनाएको छ । घरबाट पन्थीको शव आज पोस्टमार्टमपछि परिवारलाई जिम्मा लगाइएको डीएसपी पाण्डेयले जानकारी दिनुभयो ।








प्रतिक्रिया