रुपन्देही, असोज १४। भारतमा एक नेपाली युवकको हत्या भएको छ । स्याङ्जाको भकुण्डे पुर्ख्यौली घर भई नवलपरासीको सुनवल नगरपालिकाको भूमहीमा बस्ने २८ वर्षिय कृष्ण गौडेलको हत्या भएको प्रहरीले जनाएको छ ।
रोजगारीको सिलसिलामा दिल्लीको नोयडामा रहेका गौडेलको भदौ २४ गते नेपाल फर्कने क्रममा उत्तरप्रदेशको गोरखपुरमा रिक्सामा सवार रहेका बेला लुटपाटपछि रड प्रहार गरी हत्या भएको थियो ।
हत्यापछि उक्त घटना लुकाउन शवलाई नष्ट गर्ने योजनासहित सोही रिक्सामा लगिरहेको अवस्थामा स्थानीय युवा प्रदीप यादवले रोकेर प्रहरीलाई खबर गरेका थिए । उक्त घटनाका दोषीलाई कारबाही र मृतक कृष्ण गौडेललाई न्याय दिलाउन माग गर्दै नवलपरासीका संघीय सांसद देवेन्द्रराज कँडेलसहितको टोली गोरखपुर पुगेर भारतको संविधानअनुसार हत्यामा संलग्नलाई मृत्युदण्डको सजाय मागसहित मुद्दा दर्ता गरेको कँडेलका स्वकीय सचिव कमलकिशोर रायमाझीले बताउनुभयो ।
मृतकको परिवार आफैं भारत पुगेर न्यायिक लडाइँ लड्न कठीन भएकाले सांसद कँडेल गोरखपुर पुगेर मुद्दा दर्ता गरेको रायमाझीले बताउनुभयो। प्रहरीले घटनामा संलग्न भएको आरोपमा १८ वर्षीय युवकलाई पक्राउ गरेको छ ।








प्रतिक्रिया