कपिलबस्तु १५ असोज।बाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुले जेष्ठको अनुभव,ज्ञान र सीपको पुस्तान्तरणमा स्थानीय योजना बनाएर काम गर्ने वताउनु भएको छ । उहाले जेष्ठ नागरिक देशको अमुल्य गहना भएको बताउनुभयो । जेष्ठ नागरिक दिवसका अवसरमा आयोेजत कार्यक्रममा उहाले यस्तो वताउनु भएको हो । उहाले जेष्ठ नागरिकका अनुभव, ज्ञान सीप, क्षमतालाई आत्मसात गर्दै युवा पुस्ता अगाडी बढे मात्र सफलता हासिल गर्न सक्ने औल्याउनुभयो । साथै उहाले जेष्ठ नागरिकका हक अधिकारका निम्ती नगरपालिकाले पनि विभिन्न कार्यक्रम संचालन गर्दै आईरहेको बताउनुभयो ।
‘सबै उमेर समूहका लागि विद्युतीय प्रविधिको प्रयोगमा समानता’ भन्ने नाराका साथ राष्ट्रिय जेष्ठ नागरिक समाज नेपाल बाणगंगा नगर कार्यसमितीले पनि ३१ औ जेष्ठ नागरिक दिवस मनाएको छ । बाणगंगा ८ गनसहवामा रहेको जेष्ठ नागरिक समाजको आफ्नै कार्यालय भवनमा दिवस मनाईको हो । यस्तै निमित्त प्रमुख प्रशासकिय अधिकृत तथा शिक्षा शाखा प्रमुख बाबुराम भटट्राईले जेष्ठ नागरिकले नै देश हाक्ने बालबालिका तथा युवालाई जन्म दिएको भन्दै सबै जेष्ठ नागरिकलाई सम्मान गर्नुपर्नेमा जोड दिनुभयो ।
देश परिवर्तन भएतापनि समाज परिर्वतन हुन नसकेको उल्लेख गर्दै ज्येष्ठ नागरिक प्रति गरिने दुरव्यवहार विरुद्ध सवै जनाले आवज उठाउन आवश्य रहेको औल्याउनुभयो । राष्ट्रिय जेष्ठ नागरिक समाज नेपालका केन्द्रिय अध्यक्ष चन्द्रकान्त आचार्य, केन्द्रिय सचिव कविराज भुषाल लगाएतले जेष्ठ नागरिकको हक अधिकारका निम्ति धेरै कानुन बनेपनि कार्यान्वयन हुन नसकेको बताउनुभयो ।
येष्ठ नागरिकहरुलाई सम्मान र अधिकारमा पुहँच पुर्याउन सवैमा अनुरोध गर्नुभयो । राष्ट्रिय जेष्ठ नागरिक समाज नेपाल बाणगंगा नगर कार्यसमिती अध्यक्ष भेषराज कुवंरको अध्यक्षता, कोषाध्यक्ष कृष्ण बहादुर सोमैको स्वागत मन्तव्य तथा सचिव केशवराज आचार्यको संचालनमा सम्पन्न भएको हो । यसैविच कार्यक्रममा जेष्ठनागरिकहरुले नाचगान गरि रमाईलो समेत गरेका थिए ।
प्रतिक्रिया