बाणगंगा, १६ असोज । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपाल कपिलवस्तुको अध्यक्षमा कृष्ण कार्की चयन हुनुभएको छ । जिल्लाको वाणगंगा नगरपालिकाको पिस हिमालय रिसोटमा भएको जिल्ला कमिटी घोषणा तथा अगुवा कार्यकर्ता भेलाबाट कार्कीको अध्यक्षतामा ५७ सदस्यिय जिल्ला कमिटी घोषणा भएको हो ।
संघको जिल्ला उपाध्यक्षमा सइजाद आलम खान, जीवन अधिकारी, सचिवमा राजु आचार्य, सहसचिवमा प्रमोद ज्ञवाली, कोषाध्यक्षमा सुशील भट्टराई निर्विरोध निर्वाचित हुनुभएको छ ।
यसैबिच नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट अनेरास्ववियू कपिलवस्तुको जिम्मेवारी दिपक अनुरागीले पाउनुभएको छ ।
जिल्ला पार्टीको पहिलो बैठकले नै अनुरागीलाई अध्यक्षको जिम्मेवारी दिएको भएपनि शनिबार भएको जिल्लाको अगुवा कार्यकर्ता भेलाले उहाँको अध्यक्षतामा ५१ सदस्यिय जिल्ला कमिटी घोषणा गरेको हो ।
जसको उपाध्यक्षमा सम्झना चौधरी, सचिवमा रामप्रसाद पौडेल, सह सचिवमा गीता रेग्मी, कोषाध्यमा कमल बेल्वासे रहनुभएको छ । भेलाले ५१ सदस्यिय जिल्ला कमिटी घोषणा गरेको अनेरास्ववियू कपिलवस्तुका अध्यक्ष अनुरागीले जानकारी दिनुभयो । तत्कालिन नेकपा निकट अनेरास्ववियूको समेत संयोजक हुनुभएका अनुरागी लामो समय देखि विद्यार्थी आन्दोलनमा जोडिदै आउनुभएको छ ।
जिल्ला कमिटी घोषणासभामा युवा संघ नेपालका केन्द्रीय अध्यक्ष नरेश शाही, नेकपा (एसं) का लुम्बिनी प्रदेश कमिटीका सदस्य क्षेत्र बहादुर खत्री, अहमद अब्दुल रउफ, युवा संघ नेपालका केन्द्रीयउप महासचिव सरिता श्रीस, अनेरास्ववियूका केन्द्रीय सचिव सुशील पौडेल, युवा संघ नेपालका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष किशोर थापा, सचिव चन्द्रकान्त न्यौपाने लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।








प्रतिक्रिया