काठमाण्डौ,१७ असोज । चितवनमा एक युवकको शव फेला परेको छ । इच्छाकामना गाउँपालिका– वडा नं. ४ धारापानी नजिक त्रिशुली नदीमा एक युवकको शव फेला परेको प्रहरीले जनाएको छ ।
नदीको पानी तालिएको ठाउँमा अन्दाजी ३० बर्षको पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ । उक्त शवको भने हालसम्म सनाखत भएको छैन । प्रहरीले सो क्षेत्र नजिक कोही मानिस हराइरहेको भए शवको पहिचानका लागि इलाका प्रहरी कार्यालय मुग्लिनमा सम्पर्क गर्न अनुरोध गरेको छ ।








प्रतिक्रिया