प्रदेश

गर्भपतनको अधिकारको माग गर्दै अमेरिकामा ५० वटै राज्यमा दशौँ हजारले प्रदर्शन



बीबीसी, १७ असोज ।  गर्भपतन अधिकारको समर्थनमा अमेरिकाका ५० वटै राज्यमा दशौँ हजारले प्रदर्शन गरेका छन्। टेक्सस राज्यको नयाँ कानुनले गर्भपतनको सेवासम्म पहुँचमा कडाइ गरेको विरोधमा अमेरिकामा महिलाहरू प्रदर्शनमा जुटेका हुन्। गर्भपतन स्वैच्छिक अधिकार हुनुपर्ने पक्षधरहरूले आफूहरूको संवैधानिक अधिकार खोसिने चिन्ता व्यक्त गरेका छन्।

अमेरिकाको सर्वोच्च अदालतले आगामी महिनाहरूमा गर्ने सुनुवाइले ’रो भि वेड’ भनिने गर्भपतनलाई कानुनी मान्यता दिने सन् १९७३ को आदेश उल्टाउन सक्ने चिन्ता गरिएको छ। ’गर्भपतनलाई कानुनी मान्यता’ भन्नेजस्ता नारा र सङ्केतहरू सहित प्रदर्शनकारीहरूले राजधानी वासिङ्टन डीसीमा रहेको सर्वोच्च अदालत अगाडी ’मार्च पास’ गरेका थिए।

करिब दुई दर्जनको सङ्ख्यामा रहेका प्रदर्शन विरोधीहरूले ¥यालीको सुरुमै अवरोध पु¥याउने प्रयास गरेका थिए। त्यो अवरोध प्रदर्शनकारीहरूको गीत र तालीमा ओझेल परेको वासिङ्टन पोस्ट पत्रिकाले उल्लेख गरेको छ।

    प्रकाशित : १७ आश्विन २०७८, आइतबार

    सम्पर्क

    सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
    कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
    प्रादेशिक कार्यालय : देउखुरी दाङ
    सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
    E-mail : [email protected]

    हाम्रो समूह

    • प्रवन्ध निर्देशक :  
      लक्ष्मण प्रसाद बेल्बासे
    • प्रधान सम्पादक :  
      भेषराज पाण्डे
    • कार्यकारी सम्पादक :  
      डिलाराम भुसाल
    • समाचार संयोजक :  
      हरि घिमिरे

    सोसल मिडिया

    सूचना विभाग दर्ता नं.

    ८५८-२०७५/७६