प्रदेश

एमालेको पहिलो विधान महाधिवेशन समापन



काठमाडौं, १७ असोज । आउँदो मंसिरमा पार्टीको दशौं महाधिवेशन गर्ने घोषणा गर्दै एमालेको पहिलो विधान महाधिवेशन सकिएको छ । समापनमा अध्यक्ष केपी शर्मा ओलीले ‘एमाले एकता अमर रहोस्, अमर शहीद लाल सलाम, नेकपा एमाले जिन्दावाद’, भन्ने नारा लगाएका थिए ।

यसअघि महाधिवेशनले तीन वटा प्रस्ताव पारित गर्नुका साथै आगामी निर्वाचनमा केन्द्रीत हुने अठोट गरेको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबार सुरु भएको महाधिवेशनमा आइतबार राजनीतिक, सांगठनिक र विधान संशोधन प्रतिवेदन पारित गर्दै समापन भएको हो । त्यसक्रममा अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा तीनै तहमा जित्ने गरी पार्टी काममा लाग्न निर्देशन दिए ।

‘आउँदो निर्वाचनबाट एमालेको बहुमतको सरकार बनाउनु पर्छ । स्थानीय तहमा पनि बहुमत ल्याउनुपर्छ । प्रदेश र संघमा पनि हामी बहुमतसहित सरकारमा फर्किनु पर्छ’, ओलीको भनाइ थियो । त्यसअघि महाधिवेशनमा पेश भएका तीनवटै प्रस्तावमाथि १० समूहमा प्रतिनिधिहरूले छलफल भएको थियो । छलफलमा आएका सुझावमाथि ओली लगायतका नेताहरूले जवाफ दिएका थिए ।

प्रकाशित : १७ आश्विन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६