प्रदेश

राष्ट्रिय जनगणना अन्तर्गत पहिलो चरणको सूचीकरणको काम आज सकिँदै



काठमाण्डाै १८ असाेज । राष्ट्रिय जनगणना अन्तर्गत पहिलो चरणको घर तथा घरपरिवार सूचीकरणको काम आज सकिँदै छ । जनगणना अन्तर्गत पहिलो चरणको घर तथा परिवारको सूचीकरणको काम गएको भदौ ३० गतेदेखि सुरु भएको थियो ।

पहिलो चरणको घर तथा परिवारको सूचीकरणको काम भने ९० प्रतिशत मात्रै सकिने भएको छ।  बाँकी रहेको काम दुई/चार दिनमा सकिने केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए ।

उनका अनुसार सबैजसो जिल्लामा सूचीकरणको काम आंशिक रुपमा बाँकी छ ।  अहिलेसम्म घरपरिवारको सूचीकरण ५० लाखको सङ्ख्यामा मात्र आएको छ ।  गाउँ-गाउँमा खटिएका गणकले सङ्कलित सूचना पठाउन बाँकी नै रहेकाले सबै विवरण केन्द्रमा आइसकेको छैन ।

ग्रामीण क्षेत्रमा यातायातको असुविधासँगै इन्टरनेट तथा सञ्चार सेवाको समस्या हुँदा र कतिपय गणकहरु बिरामी भएकाले पनि सङ्कलित विवरण आउन ढिलाइ भएको हो । अहिले  देशभर ७० लाख घरपरिवार भएको अनुमान गरिएको छ ।

यस्तै, पहिलो चरणको घर परिवार सूचीकरणमा नेपालको नयाँ चुच्चे नक्सामा परेका महाकाली पारिको लिपुलेक र कालापानी क्षेत्र छुटेको छ । सुपरिवेक्षण पठाउनै आनाकानी गर्दा महाकाली पारिको कालापानी, लिपुलेक क्षेत्रमा घरपरिवार सूचीकरण हुन नसकेको हो ।

भारतको बाटो भएर जानुपर्ने तर सरकारले त्यो बाटो प्रयोग गर्न नभनेकाले सुपरिवेक्षक नै पठाउन नसकिएको केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले बताए।

उहाँका अनुसार मूल गणनामा भने जसरी पनि लिपुलेक र कालापानी क्षेत्रलाई समेट्ने तयारी छ । मूल गणनामा भौतिक रुपमा उपस्थित हुन नसके पनि अरु विभिन्न उपाय अपनाएर गणना गरिने उहाँले बताउनुभयो। यो क्षेत्रमा २०१८ सालपछि जनगणना हुन सकेको छैन ।

मूल गणनाका लागि कुटनीतिक पहल समेत भइरहेको छ । निर्धारित कार्यतालिकाअनुसार मूल जनगणना आउँदो कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म हुनेछ ।

प्रकाशित : १८ आश्विन २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६