प्रदेश

चोलेन्द्र प्रकरणपछि केपी र्ओली नेपाली समाजको नायकको रुपमा स्थापित :पोखरेल



काठमाडौं, असोज १८ । नेकपा एमालेमा नेता शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओली नेपाली समाजको नायकको रुपमा स्थापित हुनुभएको तथ्य राख्नुभएको छ । एमाले स्थानीय निकाय बिभागले काठमाडौंमा आज आयोजना गरेको स्थानीय तहका जनप्रतिनिधिको प्रथम राष्ट्रिय भेलामा बोल्दै स्थायी कमिटी सदस्य पोखरेलले यस्तो तथ्य सुनाउनु भएको हो ।        नेता पोखरेलले केपी ओलीको कारण नेपाल अस्थिरताबाट जोगिएको पनि बताउनुभयो । संविधान बनाउने बेलामा भएका ठूला ठूला चलखेललाई ओलीको अडानले निस्तेज पारेको उहाँले स्मरण गराउनुभयो । एमालेले राष्ट्र विरोधी र अस्थिरता विरोधी शक्तिविरुद्धको आडानकै कारण स्थानीय निर्वाचनमा अपार सफलता प्राप्त गरेको पोखरेलको भनाई थियो । नेकपा एमालेको स्थानीय सरकारमा बलियो उपस्थितिको आधार नै पार्टी अध्यक्ष केपी शर्मा ओली भएको उहाँले प्रष्ट पार्नुभयो । नेकपा एमाले फुटको प्रभाव स्थानीय सरकारमा नपरेको पनि उहाँले बताउनुभयो । नेता पोखरेलले पछिल्लो घटनाक्रममले सर्वाेच्च अदालतको फैसला कसरी आयो भन्ने तथ्यलाई छर्लंग पारिसकेको समेत बताउनु भयो । ‘अदालतको फैसला कसरी आयो भन्ने कुरा अव कुनै भ्रम रहेन,’ पोखरेलले भन्नुभयो ।

प्रकाशित : १८ आश्विन २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६