प्रदेश

एकीकृत समाजवादीको भागमा पाँच मन्त्रालय र एक राज्यमन्त्री



काठमाडौं १९ असोज । सत्तारुढ गठबन्धन दलहरुबीच मन्त्रालयको भागबन्डामा लगभग सहमति भएको छ । कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्ले पूर्णता दिने तयारी गरेका छन् ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकमा मन्त्रालयको भागबन्डामा सहमति भएको हो । जसअनुसार नेकपा एकीकृत समाजवादीको भागमा पाँच मन्त्रालय र एक राज्यमन्त्री परेको छ ।

एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं सांसद मेटमणी चौधरीले आफूहरुले पाँच मन्त्रालय र एक राज्यमन्त्री पाउने सहमति भएको बताए ।

एकीकृत समाजवादीले रक्षा मन्त्रालय, शहरी विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाएको उनले जानकारी दिए । समाजवादीबाट एकजना राज्यमन्त्रीसमेत हुने भएको छ ।

एकीकृत समाजवादीका एक शीर्ष नेताले पार्टीको तर्फबाट विरोध खतिवडाको नेतृत्वमा रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, मेटमणी चौधरी र प्रेम आलेमगर मन्त्री बन्ने पक्का भइसकेको उनको भनाई छ ।

एकीकृत समाजवादीले राज्यमन्त्रीमा कसलाई पठाउने भन्नेबारे पार्टीभित्र आन्तरिक छलफल भइरहेको छ । एकीकृत समाजवादीका नेताहरू अहिले आन्तरिक छलफलमा छन् ।

प्रकाशित : २० आश्विन २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६