प्रदेश

नेपालमा बिहीबार आज थप ८०५ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं २१ असोज । नेपालमा बिहीबार थप ८०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार २ सय ६४ पिसिआर परिक्षणका क्रममा ६ सय ६७ र ३ हजार ४ सय ८ एन्टीजेन परिक्षणका क्रममा १ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ९३ हजार ७२ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ८ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोनाका कारण ११ हजार २ सय जनाको मृत्यु छ । त्यस्तै थप ९ सय ११ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ७३ हजार १ सय ४० संक्रमित कोरोनामुक्त भएका छन् ।

हाल १५ हजार ९ सय ४२ सक्रिय संक्रमित आइशोलेशन र २ सय ४२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : २१ आश्विन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६