प्रदेश

माउण्ट एभरेष्टको २८ औं वार्षिकोत्सव



कपिलवस्तु २२ असोज । सामाजिक, सांस्कृतिक तथा आर्थिक क्षेत्रमा महत्वपूर्ण योगदान पुरयाउदै आएको माउण्ट एभरेष्ट सामाजिक विकास संस्था, भगलापुर, कपिलवस्तुले आफ्नो २८ औं वार्षिकउत्सव एक कार्यक्रमका बीच सम्पन्न गरेको छ । कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष सुकदेव थारुले संस्थाले समग्र सामाजिक आन्दोलनमा पु¥याएको योगदानको चर्चा गर्दै अगामी दिनमा समाजमा प्रभाव बढाउन आग्रह गर्नु भयो ।

वार्षिक उत्सव कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष खेमराज भट्टराईले विगतको स्मरण गर्दै सबै क्षेत्रबाट प्राप्त सहयोगबाट आफुहरु उत्साहित रहेको बताउनु भयो । कार्यक्रममा माउण्ट एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष युवराज पोख्रेलले संस्थाले आफ्नो सेवालाई प्रभावकारी बनाउदै सबै गाउँबासीको सहयोगीको रुपमा संस्थाले भूमिका गर्ने बताउनु भयो । संस्थाका संस्थापक, पूर्व अध्यक्ष, सदस्य एवम् स्थानियबासीको उपस्थिती रहेको वार्षिक उत्सव कार्यक्रम संस्थाका अध्यक्ष रविलाल भट्टराईको अध्यक्षता र संस्थाका सचिव प्रकाश भुसालको संचालनमा सम्पन्न भएको थियो । 

प्रकाशित : २२ आश्विन २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६