पर्यटन

मुख्यमन्त्री शाक्यले २४ असोजमा विश्वासको मत लिने



काठमाडौं, २३ असोज । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले २४ असोजमा विश्वासको मत लिने भएकी छिन् । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले भने दसैंपछि मात्र विश्वासको मत लिने तयारी गरेका छन् ।

गत २५ भदौमा एमाले विभाजनको आधिकारिक पत्र प्रदेश सभामा दर्ता भएसँगै अल्पमतमा परेकी शाक्यले एक महिना पूरा हुने अघिल्लो दिन विश्वासको मत लिने भएकी हुन् । निर्वाचन आयोगको प्रदेश १ कार्यालयले भने २७ भदौमा एमाले विभाजनको पत्र बुझाएको थियो । तर, २६ असोजपछि दसैं बिदा परेकाले आचार्यले दसैंपछि ५ कात्तिकमा मात्र विश्वासको मत लिने तयारी गरेका हुन् ।

संविधानको धारा १८८ को उपधारा (२) मा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेश सभासमक्ष प्रस्ताव राख्नुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्थाबमोजिम शुक्रबार मुख्यमन्त्री शाक्यको तर्फबाट उनका प्रमुख राजनीतिक सल्लाहकार माधव अर्यालले प्रदेश सभा सचिव कृष्णहरि खड्कासमक्ष विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेस गर्ने सूचना बुझाएका छन् ।

मुख्यमन्त्री शाक्यले पेस गरेको पत्रमा दल विभाजन भएको परिप्रेक्ष्यमा नेपालको संविधानको धारा १८८ को उपधारा (२) तथा बागमती प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ उपनियम (१) बमोजिम प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नेसम्बन्धी प्रस्ताव पेस गर्न यो सूचना दिइएको उल्लेख छ ।

शाक्यले विश्वासको मत लिने तयारीस्वरूप २४ असोजमा प्रदेश सभाको हिउँदे अधिवेशन बोलाउन प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष सिफारिस गरिसकेकी छिन् । यता, आचार्यले भने आइतबार प्रदेश सभामा पत्र दर्ता गराउने भएका छन् । एमालेको शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले २४ असोजमा मुख्यमन्त्रीले विश्वासको मत लिन प्रस्ताव दर्ता गराउने निर्णय गरिसकेको छ ।

पार्टी विभाजनसँगै दुवै मुख्यमन्त्री अल्पमतमा परिसकेका छन् । दुवै प्रदेशमा केन्द्रमा रहेकै सत्तागठबन्धनले सरकार बनाउने तयारी रहेको र गठबन्धनसँग दुवै प्रदेशमा स्पष्ट बहुमत रहेकाले शाक्य र आचार्यले विश्वासको मत पाउने सम्भावना देखिएको छैन । 

प्रकाशित : २३ आश्विन २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६