जीवनशैली

माइतीघरबाट पक्राउ परेकी पैदलयात्री रुवीलाई २४ घण्टाभित्र अदालत उपस्थित गराउन आदेश



काठमाडौं  २४  असार । सर्वोच्च अदालतले काठमाडौंको माइतीघरबाट पक्राउ परेकी नेपालगञ्जकी रुवी खानलाई २४ घण्टाभित्र अदालत उपस्थित गराउन आदेश दिएको छ ।न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले उनको पक्राउविरुद्ध परेको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ गर्दै खानलाई अदालतमा २४ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको हो ।

घरेलु हिंसापीडित महिलालाई न्याय माग गर्दै नेपालगञ्जदेखि पैदल यात्रा गरेर काठमाडौं आएका थिए । उनीसहितका टोली माइतीघरमा धर्नामा बसेको बेला सदस्य रुवी खानलाई प्रहरीले शुक्रबार बेलुका पक्राउ गरेको थियो ।उनलाई पक्राउ गर्नु गैरकानुनी भन्दै अधिवक्ता मोहना अन्सारीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् । प्रहरीले उनलाई नेपालगञ्ज लगिसकेको छ ।

प्रकाशित : २४ आश्विन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६