कपिलवस्तु २५ असोज ।प्रेस चौतारी नेपाल कपिलवस्तुले ३ वटा पत्रकारीता पुरस्कार एकैसाथ बितरण गरेको छ । कृयासिल विकास पत्रकारीता पुरस्कार २ जनालाई र नन्दराम पौडेल स्मृती पत्रकारीता पुरस्कार १जनालाई प्रदान गरेको हो । ती पुरस्कार वितरण गर्दै एमालेका केन्द्रिय नेता गिरधारीलाल न्यौपानेले यो देशका ठूला मिडिया हावादार भएको दावि गर्नु भएको छ ।
केपि ओली नेृतवको सरकारले गरेका राम्रा काम देख्दै नदेख्ने रातीमा अध्यारो कोठामा वसेर तत्कालिन सरकार विरुद्धमात्र समाचार लेख्ने मिडिया वास्तवमा जनविरोधी र हावादारी रहेको उहाले प्रस्टाउनु भएको छ ।नेकपा एमालेका केन्द्रिय सदस्य एवम लुम्बिनी प्रदेशका सहईन्चार्ज न्यौपानेले ओली सरकारले गरेजस्ता लेकप्रिय काम कुनै सरकारले गर्न नसक्ने बताउनुभएको छ ।
पछिल्लो ३ बर्षसम्मको नतिजा हेर्नै हो भने तिनै महत्वपूर्ण योजना र भएका कामले एमालेले आगमी चुनावमा बिजयी हासिल गर्ने उहाको भनाई छ । सोमबार प्रेसचौतारी कपिलवस्तुले आयोजना गरेको जिल्ला भेला तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता न्यौपानेले यस्तो बताउनुभएको हो । अहिलेको सरकारले जनताले देखेका सपनालाई असफल बनाउने रणनितिमा लागेको उहाको भनाई छ ।
यस्तै कार्यक्रममा बोल्दै एमालेका जिल्ला अध्यक्ष झबिलाल पोख्रेलले कपिलवस्तु जिल्ला एमालेमय हुदै गएको बताउदै कुनै पार्टीले हराउन नसक्ने गरि एकजुट भई अघि बढने अभियानमा लागेको बताउनुभयो । उहाले प्रेस चौतारीमा आवाद्ध पत्रकारहरुले गाउँठाँउका समस्या समाधान हुनेगरि सबै बर्गको पक्षमा कलम चलाउन सुझाब दिनुभयो ।यसैगरि कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका सांसद बिष्णु पन्थीले पार्टीका गतिबिधिलाई ओजनदार ढंगबाट सम्प्रेषण गर्दै जनतासामु पु¥याउन आग्रह गर्नुभयो । उहाले लुम्बिनी प्रदेशले अहिले ल्याएको बजेट दुरुपयोग गर्ने सम्भावना देखाईरहेको उहाको भनाई छ ।
यस्तै कार्यक्रममा बोल्दै प्रेस चौतारीका पूर्ब अध्यक्ष टेकराज पौडेल ,प्रेस चौतारीका केन्द्रिय सदस्य पार्वती पाण्डे लगाएतले बोल्दै अनुशासित र ईमान्दार ढंगले पत्रकारिता पेशा गर्न सुझाब दिनुभयो । कार्यक्रमका अवसरमा प्रेससेन्टर कपिलवस्तुका जिल्ला अध्यक्ष प्रभुनाथ गुप्ता प्रेस चौतारीमा प्रवेश गर्नुभएको थियो ।
यस्तै कार्यक्रमकै अवसरमा कृयासिल पत्रकार र नन्दराम पौडेल स्मृति पुरस्कारबाट प्रेस चौतारीका सचिव बाबुराम रायमाझी , रेडियो भ्वाइसकि समाचार प्रमुख सीता बेल्बासे,नन्दराम पौडेलको मरोणापरान्त उहाका दाजु टेकराज पौडेललाइृ नगद १० हजार र सम्मानपत्र सहित सम्मान गरिएको थियो ।स्वर्गिय पौडेललाई कृयासिल तथा विकास पत्रकारीता पुरस्कार मरणोपरान्त दिइएको हो ।
स्वर्गिय पौडेलाई मरणोपरान्त कृयासिल तथा विकास पुरस्कार प्रदान गरिएको हो । बेल्वासेलाई नन्दरा स्मृती पत्रकारीता पुरस्कार प्रदान गरिएको हो । प्रेस चौतारी कपिलवस्तुका जिल्ला अध्यक्ष हरि अधिकारीको अध्यक्षता , पत्रकार थानेश्वर अधिकारीको स्वागत मन्तब्यमा भएको कार्यक्रममा बुद्ध आवाजका टेलिभिजनका स्टेशन म्यानेजर भेषराज पाण्डे ,बुद्ध दर्पण दैनिक पत्रिकाका ब्यवस्थापक लक्ष्मण बेल्बासे लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन प्रेस चौतारीका सचिव बाबुराम रायमाझीले गर्नुभएको थियो
प्रतिक्रिया