काठमाण्डौ, २६ असोज । नेपालमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लाको सङ्ख्या घट्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक महिना अघि देशभरका १३ जिल्लामा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेको थियो । तर हाल ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेको जिल्ला ७ मात्रै रहेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीले जनजीवन सामान्य बनेपनि जोखिम कायमै रहेकाले सावधानी अपनाउन आग्रह गर्नुभयो । बितेको २४ घण्टामा देशभर ७ सय ८५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने १२ जनाको मृत्यु भएको छ । गत २४ घन्टामा देशभर १ लाख २७ हजार ५ सय ३२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।








प्रतिक्रिया