प्रदेश

नेताहरुले प्रधानन्यायाधीशसँग मिलेर लोकतन्त्र मास्ने अभियान चालेको :(डाक्टर शेखर कोइराला)



बिराटनगर, असोज २७ । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका नेताहरुले प्रधानन्यायाधीशसँग मिलेर लोकतन्त्र मास्ने अभियान चालेको बताउनु भएको छ । नेता कोइरालाले विराटनगर– ४ इक्राहीमा आज नोना कोइराला स्मृति प्रतिष्ठान नेपालको भवन उदघाटन गर्दै यस्तो ठोकुवा गर्नुभएको हो ।

कांग्रेसका केन्द्रीय सदस्य कोइरालाले गठबन्धनका नेता र प्रधानन्यायाधीश मिलेर मन्त्री नियुक्त गर्नु नै लोकतन्त्र मास्ने बाटो भएको बताउनु भयो । ‘प्रधानमन्त्री र प्रधानन्यायाधीशको गठबन्धनले लोकतन्त्र मास्ने काम गरिरहेको छ, गठबन्धन र प्रधानन्यायाधीश मिलेर मन्त्री नियुक्त गर्नु लोकतन्त्र मास्ने काम नै हो,’ कोइरालाले भन्नुभयो ।

उद्योग वाणिज्य तथा आपूति मन्त्री गजेन्द्रबहादुर हमालले मन्त्री नियुक्तको विवादमा नैतिकता प्रस्तुत गर्दै राजिनामा दिए झैं कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरवहादुर देउवाले पनि नैतिकता देखाउनु पर्ने कोइरालाको भनाई छ । ‘उद्योगमन्त्रीले जसरी नैतिकता देखाएर राजीनामा दिनुभएको छ, प्रधानमन्त्रीले पनि त्यो नैतिकता देखाउनु पर्छ,’ कोइरालाले भन्नुभयो 

प्रकाशित : २७ आश्विन २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६