प्रदेश

मुगु दुर्घटनाबाट मृतकका परिवारलाई क्षतिपूर्ती र घाइतेहरुको निःशुल्क स्वास्थ्योपचार : प्रचण्ड



काठमाडौँ, २८ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दशैँकै मुखमा मुगुमा भएको भयानक बस दुर्घटना र त्यसमा ३२ जना यात्रुको मृत्यु भएको खबरले सबैलाई स्तब्ध बनाएको बताएका छन्।साथै, कास्की, अछाम लगायत देशका विभिन्न भागहरुमा भएका सडक दुर्घटनाका खबरले थप मर्माहत बनाएको विज्ञप्तिमार्फत उनले जनाएका छन् ।दुर्घटनामा ज्यान गुमाएकाहरु प्रति प्रचण्डले श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा समवेदना प्रकट गरेका छन् ।                      उनले दुर्घटनामा परी ज्यान गुमाउनेका परिवारलाई उचित क्षतिपूर्ती र घाइतेहरुको निःशुल्क स्वास्थ्योपचारका लागि सरकारसँग आग्रह पनि गरेका छन् ।

प्रकाशित : २८ आश्विन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६