प्रदेश

यस वर्ष विजया दशमीको शुभ साइत कति बजे उपयुक्त छ त ?



बुटवल  २८असोज ।यस वर्ष विजया दशमीको शुभ साइत असोज २९ गते शुक्रवार बिहान १० बजेर २ मिनेटमा रहेको छ ।अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले काठमाडौंसहित २७ स्थानका लागि टीकाको उत्तम समय सार्वजनिक गरेको छ ।

पञ्चाङ्ग निर्णायक समितिले बिहान १० बजेर २ मिनेट उपयुक्त रहेको बताएको छ ।अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका अनुसार अमेरिकाको न्युयोर्कमा ९ बजेर ५५ मिनेटमा, टेक्सासमा स्थानीय समयअनुसार बिहान ८ बजेर १५ मिनेटमा टीका लगाउने साइत छ ।

क्यानडाको टोरन्टोमा बिहान ८ बजेर ३५ मिनेटमा तथा अष्ट्रेलियाको सिड्नीमा १० बजेर २५ मिनेटमा उपयुक्त साइत रहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा माधव भट्टराईले जानकारी दिए।

असोज १४ गते बजेको अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिको बैठकले नेपाल सहित नेपालीहरुको बसोबास रहेको अन्य देशको साइत तय गरेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका सदस्य सचिव आचार्य सन्तोष वाशिष्ठले जानकारी दिए ।

प्रकाशित : २८ आश्विन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६