प्रदेश

अल बिदा कमरेड विरजंग :श्रद्धाञ्जली सभा शिवगढीमा



कपिलवस्तु २९ असोज ।नेपाल कम्युनिष्ट पार्टीका  विप्लव समूहका पोलिटब्युरो सदस्य एवम महासचिव नेत्र विक्रम चन्द विप्लवका जेठा दाजु चन्द्र बहादुर चन्द (वीरजंग) को  भारतको म्याक्स हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको छ।         लामो समय हिरासतमा रहदा धेरै रोगले संकरमण गरेपछि अस्वस्थ हुनु हुन्थ्यो। अस्पतालमा ६१ बर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जानकारी दियो। 

दिल्लीस्थित म्याक्स अस्पतालमा उपचाररत उहाँको निधन भएको पारिवारिक श्रोतले बताएको छ । उहाँका आमा, श्रीमती र दुई छोरा बुहारी छन् । उहाँको निधनमा शोक ब्यक्त गर्दै नेकपाले भोली शोक सभा गर्ने बताइएको छ । भोली उहाँको शव भोली भारतबाट कपिलवस्तु ल्याइने छ । पार्टीका नेता कार्यकर्ता र जनताबीच श्रद्धाञ्जली सभा  शिवगढीमा गरिने बताइएको छ ।  उहाँ २०१७ साल फागुनमा रोल्पाको इरिबाङमा जन्मनु भएको थियो ।१० बर्ष जनयुद्धमा  विभिन्न मोर्चामा लड्नु भएका उहाँ पञ्चायतविरोधी आन्दोलनमा पनि नेतृत्वदायी भूमिकामा रहनु भएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि भरतपुरमा उपचारका लागि भनेर उनलाई विसं २०७७ असोज २८ गते चितवन कारागार ल्याइएको थियो। अघिल्लो पटक कोभिड भई कमजोर बनेका उनलाई घाँटी र पेटमा समस्या देखिएको थियो।  उहाँलाई गत वैशाखमा ‘थुनामुक्त गरिएको थियो । थूनामुक्त भए पछि शिवगढीमा रहने र आराम गरने सोच वनाएका चन्दको सपना बीचमा टुटेको छ। 

प्रकाशित : २९ आश्विन २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६