कपिलवस्तु ३० असोज। जिल्ला प्रशासन कार्यलयको नियम बिपरित मदिरा पसल खोल्नेलाइ इलाका प्रहरी कार्यलय पिपराले नियन्त्रणमा लिएको छ । प्रशासनले जारी गरेको सूचना उल्लंघन गर्दै मदिरा पसल खोली बिक्रीवितरण गर्ने कपिलवस्तुको जितपुरबाट २ र बैरियाबाट २ गरि ४ मदिरा पसलेलाइ नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यलय पिपराले जानकारी दिएको छ । जिल्ला प्रशासनले चाड पर्वमा हुन सक्ने नराम्रा गतिविधिहरुलाइ ध्यानमा राख्दै ४८ घण्टा मदिरा पसल बन्द गर्न सूचना जारी गरेको थियो । प्रशासनको सूचना नमानी पसल खोल्ने ४ पसलेलाइ नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यलय पिपराका प्रहरी निरीक्षक दिनेश गुरुङले जानकारी दिनुभयो ।
३० आश्विन २०७८, शनिबार
प्रतिक्रिया