प्रदेश

मोबाइल फोनमा प्रयोग हुने चिपको अभावले आइफोन १३ को व्यापारमा गम्भीर धक्का



काठमाडौं ३० असोज। मोबाइल फोनमा प्रयोग हुने सेमिकन्डक्टर अर्थात् चिपको विश्वव्यापी अभावले आइफोन १३ को व्यापारमा गम्भीर धक्का लागेको छ । चिप अभावकै कारण आइफोन १३ को बिक्रीमा १ करोड गोटाले कटौति हुने भएको छ ।

सन् २०२१ को अन्त्यसम्ममा विश्व बजारमा ९ करोड गोटा आइफोन १३ सिरिज बिक्री गर्ने लक्ष्य एप्पलको थियो । तर आइफोनका लागि चिप उत्पादन तथा आपूर्ति गर्ने ब्रोडकम र टेक्सास इन्स्ट्रुमेन्ट लगायतका कम्पनीहरुले अपेक्षित रुपमा नयाँ आइफोनको चिप उपलब्ध गराउन नसकेपछि एप्पलले आइफोन १३ को बिक्रीको लक्ष्यमा संशोधन गर्न बाध्य भएको हो ।

उता आइफोन १३ को बिक्री १ करोड गोटाले घट्ने प्रक्षेपण सार्वजनिक भएसँगै एप्पलको शेयर मूल्यमा १.६ प्रतिशतले गिरावट भएर झण्डै १४० डलरमा झरेको थियो । एप्पल मात्र नभएर चिप उत्पादक कम्पनी ब्रोडकम र टेक्सास इन्स्ट्रुमेन्टको शेयर मूल्यमा पनि गिरावट आयो ।

सेमिकन्डक्टर अभावका कारण एप्पल मात्र नभएर अन्य धेरै उद्योगहरु प्रभावित हुँदै आएका छन् । त्यसरी असर भोग्नेमा कार निर्माता कम्पनीहरुदेखि इलेक्ट्रोनिक्स कम्पनीहरु समेत छन् । जसका कारण उनीहरुले आफ्नो उत्पादनमा कटौति गर्न बाध्य भएका छन् ।

विश्लेषकहरुका अनुसार विश्वव्यापी रुपमा सेमिकन्डक्टरको बढ्दै जानु तर पर्याप्त आपूर्ति हुन नसक्दा भविष्यमा समेत विश्वका उद्योगहरुमा असर परिरहने देखिएको छ । कतिपयले चिप अभावलाई एप्पलले उत्कृष्ट ढंगले व्यवस्थापन गरिरहेको दाबी गरिरहँदा पछिल्लो रिपोर्टले चाहीँ एप्पलको अवस्था समेत अरुभन्दा फरक नरहेको देखाएको हो ।

ब्रोडकम तथा टिआइ लगायतका कम्पनीहरुले चिप निर्माणका लागि प्रायः ताइवान सेमिकन्डक्टर उत्पादक कम्पनीसँग करार सम्झौता गर्ने गरेका छन् । तर कोरोना भाइरस महामारी लम्बिँदै जानु र माग अत्यधिक हुँदा ताइवानी कम्पनीले समेत पर्याप्त चिप उत्पादन गर्न सकिरहेको छैन ।

एप्पलको टाउको दुखाइको अर्को प्रमुख कारणको रुपमा चीनको ऊर्जा संकट समेत रहेको छ । उर्जा संकटकै कारण एप्पलले आफ्ना चीनस्थित विभिन्न कारखानाबाट हुने आइफोन उत्पादनमा कटौति गर्नुपरेको छ । एप्पलले गत महिना सार्वजनिक गरेको आइफोन १३ को अर्डर लिइरहेको भएपनि उपभोक्ताको हातमा भने एक महिनापछि मात्र पुग्नेछ ।

प्रकाशित : ३० आश्विन २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६