प्रदेश

१५ दिन लगाएर काटेको खर थुप्रो बनाउन नपाउदैँ बर्साले बिग्रिएपछी किसान को गुनासो



बैतडी १ कार्तिक । आइतबार साँझदेखि परेको भारी वर्षाका कारण बैतडीका किसानले काटेर सुकाएको खर बिग्रिएको छ । आगामी हिउँदको सिजनमा पशु चौपायालाई खुवाउन काटेर सुकाएको खर वर्षाका कारण बिग्रिएको हो ।

वर्षका कारण काँचो खर कुहिन थालेको सुर्नया गाउँपालिका–४ जोगेनीका हरिना महराले बताइन् । १५ दिन लगाएर काटेको खर थुप्रो बनाउन नपाउदैँ बिग्रिएको उनले बताइन् । खर कुहिन थालेपछि पशुचौपायालाई के खुवाउने भन्ने चिन्ताले उनलाई सताएको छ ।

सुर्नया गाउँपालिकाको धौलपौरी, जयसिया, मल्ली ओरड, धरमपानी, सउड, घेर, फुलधारा, दुले, रौलालगायतका ठाउँमा काटेर सुकाएको खर बिग्रिएको स्थानिय गणेश भट्टले बताए । काटेर सुकाएको खरमा पानि परेपछि कुहिन्छ ।

अहिले बैतडी सहित सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा खर काट्ने चटारो छ । आगामी हिउँदमा पशु चौपायालाई खुवाउन किसानहरु अहिले खर काटेर सुकाउने गर्दछन् । खरको थुप्रो बनाउन नपाउदैँ फिजाएर राखेको खरमा पानी परेपछि कालो भएर सड्ने गर्दछ ।

प्रकाशित : १ कार्तिक २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६