अर्थ-वाणिज्य

देशभरका सबै वडाहरुमा एकसाथ अधिवेशन ओलीले उद्घाटन गर्ने



काठमाडौं १ असोज। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले देशभरका सबै वडाहरुमा एकसाथ अधिवेशन आयोजना गर्ने भएको छ ।कात्तिक ६ गते देशभरका ६ हजार ७४५ वडामा एकैदिन वडा अधिवेशन गर्ने एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सबै स्थानीय तहका वडा अघिवेशनको एकसाथ उद्घाटन गर्ने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

शनिबार बिहान ११ बजे पार्टी अध्यक्ष ओलीले देशभरका इन्टरनेटको पहुँच भएका वडाहरुको अधिवेशन एकसाथ भर्चुअल उद्घाटन गर्ने तयारी गरिएको उनले जानकारी दिए ।

हालै ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सम्पन्न विधान महाधिवेशनले एमाले महाधिवेशनको कार्यतालिका तय गरेको थियो ।एमालेको १०औँ महाधिवेशन आगामी मंसिर १० देखि १२ गतेसम्म बुटवलमा हुँदै छ ।

प्रकाशित : १ कार्तिक २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६