प्रदेश

कपिलवस्तुको तीन वटा वडामा देखिएको झाडापखला नियन्त्रणमा: स्वास्थ्य मन्त्रालय



काठमाडौं १ कार्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कपिलवस्तुको तीन वटा वडामा देखिएको झाडापखला नियन्त्रणमा आइसकेको बताएको छ। 

असोज १८ गतेदेखि कृष्णनगर नगरपालिकाभित्रका वडा नम्बर ७, ८ र ९ मा झाडापखलाको प्रकोप फैलिएको थियो। मन्‍त्रालयका अनुसार उक्त समयमा आठ सय ८५ जना बिरामी थिए।

स्वास्थ्य मन्त्रालयका अनुसार बिरामीमध्ये शिवराज अस्पतालमा अझै २५ जनाको उपचार जारी छ। हालसम्म आठ सय १९ जना निको भइसकेर घर फर्किएको मन्त्रालयले जनाएको छ। झाडापखालाबाट हालसम्म चार जनाको मृत्यु भएको छ।

मन्त्रालयले आइतबार विज्ञप्ति निकालेर स्थानीय, प्रदेश र संघीय सरकार र विश्व स्वास्थ्य संगठनलगायतका संस्थाहरूको समन्वयमा झाडापखाला नियन्त्रणमा ल्याइएको बताएको छ। 

झाडापखालापछि विभिन्न मितिमा संकलन गरिएका दिसाका नमुना लुम्बिनी प्रादेशिक अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा भाइब्रियो कोलेरा र ओगावा भाइरस देखा परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

खानेपानी संस्थानले वितरण गरेको पानी र घरघरमा गाडिएका चापाकलको पानीका १५ नमुनामध्ये ९ वटामा इकोली नामक जिवाणु फेला परेको थियो।

दुषित खानेपानीको प्रयोग र सरसफाइको कमीका कारण झाडापखला फैलिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित : २ कार्तिक २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६