जीवनशैली

आमाबुबालाई खुसी दिन यति मात्रै गरे पुग्छ, ४ सजिला कामहरु



प्रेसपाटि । संसारमा यस्ता पात्र को होलान्, जो तपाईंको प्रगतिमा खुसी हुन्छन् । तपाईंको सुखको कामना गर्छन् । तपाईंको उन्नतीले प्रफुल्ल हुन्छन् । ति पात्र तपाईंका आमाबुवा हुन् । आमाबुवाले कहिले पनि छोराछोरीको कुभलो सोच्दैनन् । छोराछोरीको उन्नती, सुख र खुसीमा नै आमाबुवाले परम सन्तुष्ट हासिल गर्छन् ।

तर, आमाबुवाको भावनालाई छोराछोरीले बुझ्दैनन् । आमाबुवा के चाहन्छन् ? छोराछोरीले ख्याल गर्दैनन् । आमाबुवाले दर्शाउने माया, ममतालाई उनीहरुले लत्याइदिन्छन् । यही कारण छोराछोरी र आमाबुवावीच अहिले दूरी बढ्दो छ । हरेक सम्बन्धभन्दा माथि र अटूट हुन्छ, आमाबुवासँगको सम्बन्ध । यसलाई चाहेर पनि कसैले तोड्न सक्दैन । तर हिजोआज कतिपय छोराछोरीले आमा बुबाप्रतिको आफ्नो कर्तव्यलाई बिर्सिंदै गएका छन् । त्यस्ता विभिन्न कारणहरु हुन्छन्, जसले गर्दा आमा बुबासँग छोराछोरीको सम्बन्ध विग्रन सक्छ । आखिर कसरी आमाबुवासँग सुमधुर सम्बन्ध कायम राख्ने ? कसरी आमाबुवाको भावनालाई बुझ्ने

भावना बुझौंः आफ्नो आमा बुबाको भावनालाई बुझ्ने प्रयास गरौं, जसका कारण तपाईं उनीहरुलाई खुशी प्रदान गर्न सक्नु हुन्छ । सन्तानबाट खुशी पाउनु आमा बुबाको अधिकार पनि हो । तपाईले विभिन्न कुराहरुम सम्झौता गर्नु पर्ने हुन्छ, जसले तपाईंहरुको सम्बन्धमा सुधार ल्याउन सक्छ ।

आफ्नो प्रतिक्रिया दिनेः यदि तपाईं आफ्नो आमा बुबासंगको सम्बन्धलाई सुधार्न चाहनु हुन्छ भने तपाईंले उनीहरुसंग कुरा गर्नु आवश्यक हुन्छ । उनीहरु स्वयं आएर कुरा गरुन् भन्ने कुराको कहिल्यै पनि प्रतिक्षा गर्नु हुँदैन । तपाईंले आफ्नो आमा बुबालाई आफुले कति माया गर्ने र आफुलाई उनीहरुको कति चिन्ता छ भन्ने कुरा बताउनु तपाईको कर्तव्य हो ।

आमा बुबाको कुराको सम्मान राख्नेः यदि तपाइ आफ्नो आमा बुबाको कुनै कुरामा सहमत हुनु हुन्न भने यसको बारेमा कहिल्यै पनि तपाईंको आमा बुबालाई थाहा दिनु हुँदैन । त्यसो गर्नाले उनीहरुको भावनामा ठेस पुग्न सक्छ र तपाईंहरुको सम्बन्धमा सुधार आउनु भन्दा झन बिग्रन सक्छ । त्यसैले उनीहरुको हरेक कुरा र निर्णयको सम्मान गर्नु आवश्यक छ ।

सराहना गर्नेः आमा बुबाले गरेका हरेक कुराको सराहना गर्नु आवश्यक छ । हरेक सुख दुःखमा सधैं तपाईंको आमा बुबा तपाईंसंगै उभिन्छन् । तपाईंका आमा बुबाले तपाईंका लागि गरेका हरेक कुराहरु, जसलाई शब्दमा परिभाषित गर्न सकिंदैन, ती कुराहरुलाई सधैं तपाइर्ंले महसुस गर्नु पर्छ । आफ्नो सम्बन्धमा सुधार ल्याउनका लागि तपाईंले आफ्ना आमा बुबाका हरेक कामलाई कति सम्मान गर्नु हुन्छ भन्ने कुरा अनुभव गराउनु आवश्यक छ । यसले तपाईंको सम्बन्धलाई सुधार्न सहयोग पुर्‍याउँछ ।

प्रकाशित : २ कार्तिक २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६