प्रदेश

आज पूर्वी नेपालमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह ।



काठमाडौं,३ कात्तिक । केही दिनदेखि जारी वर्षा अझै केही दिन कायम रहने भएको छ । शुक्रबारसम्म देशका विभिन्न स्थानमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज पूर्वी नेपालमा भारी वर्षाको सम्भावना रहेको छ । आइतबारदेखि पश्चिम नेपालमा भारी वर्षा भएको थियो । आज वर्षा पूर्वी नेपालमा सरेको छ । यद्यपि पश्चिममा पनि हल्कादेखि मध्यम वर्षा कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज बुधबार प्रदेश प्रदेश १, २, बागमती प्रदेश, र गण्डकी प्रदेश प्रदेशका धेरै स्थानहरू र अन्य प्रदेशका केही स्थानमा पानी पर्ने सम्भावना छ । जसमध्ये प्रदेश १, प्रदेश २, बागमती, र गण्डकी प्रदेशका केही स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात हुनेछ । पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरूमा पनि हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । भारी वर्षा हुने स्थानमा बाढीको सम्भावना हुने भएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सचेतसमेत गराएको छ ।

प्रकाशित : ३ कार्तिक २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६