अन्तर्राष्ट्रिय

टी–ट्वान्टी विश्व कपः आयरल्यान्डलाई ७० रनले पराजित गर्दै, श्रीलङ्काले निकाल्यो दोस्रो जित ।



काठमाण्डौ, ४ कार्तिक । आईसीसी टी–ट्वान्टी विश्व कप क्रिकेटमा श्रीलङ्काले  आयरल्यान्डलाई ७० रनले पराजित गरेको छ । गएराति आबुधाबीमा भएको खेलमा आयरल्यान्डलाई ७० रनले पराजित गर्दै श्रीलङ्काले लगातार दोस्रो जित निकालेको हो । श्रीलङ्काले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड १८ ओभर ३ बलमा अलआउट हुँदै १ सय १ रनमा समेटियो ।

आयरल्यान्डका लागि कप्तान एन्डी बलब्रिनीले ४१ रन बनाए । यस्तै कर्टिस क्याम्फरले २४ रन जोड्दा आउट भए । अन्य खेलाडीले दोहोरो अङ्कको रन जोड्न सकेनन् । आयरल्यान्डलाई सस्तैमा समेट्न श्रीलङ्काका महेश थिकसानाले ३ विकेट लिए ।

लाहिरु कुमारा र चामिका करुनारत्नेले २र२ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको श्रीलङ्काले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो । श्रीलङ्काका वानिन्दु हसरङ्गा डी सिल्भाले सर्वाधिक ७१ रनको अर्धशतकीय पारी खेले । यसअघि हिजो भएको खेलमा नामिबियाले नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको थियो ।  

प्रकाशित : ४ कार्तिक २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६