प्रदेश

एमालेको राष्ट्रिय महाधिवेशन चितवनमा कस्तो छ त मूल व्यवस्थापन ?



काठमाडौं ५ कार्तिक । नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा गर्ने भएको छ । एमालेको आज बसेको स्थायी कमिटी बैठकले महाधिवेशनका लागि नेता रामबहादुर थापा बादलको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरेको छ ।

चितवनलाई नै कार्यथलो बनाएका पूर्व माओवादी पृष्ठभूमिका नेता बादलको संयोजकत्वमा गठित मूल व्यवस्थापन समितिमा अधिकांश चितवनकै नेताहरु समेटिएका छन् ।

समितिमा योगेश भट्टराई, सुरेन्द्र पाण्डे, काशिनाथ अधिकारी, राजन भट्टराई, विनोद श्रेष्ठ, सीता पौडेल, आनन्द पोखरेल, कपिल पोखरेल, कृष्णभक्त पोखरेल र पार्वती रावल रहेको एमाले प्रवक्ता प्रदिप ज्ञवालीले बताए ।

ज्ञवालीका अनुसार सातवटै प्रदेश र सम्पर्क समन्वय कमिटीबाट समेत एक-एकजना रहनेगरि मूल व्यवस्थापन समिति गठन भएको हो ।

प्रकाशित : ५ कार्तिक २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६