अन्तर्राष्ट्रिय

सूटिङको क्रममा वास्तविक गोली प्रहार हुदा १को मृत्यु १गम्भीर घाइते



वासिङटन ६ कार्तिक। हलिउड फिल्म ‘रस्ट’ सूटिकङको क्रममा अनपेक्षित घटना भएको छ । जहाँ अभिनेता एल के बाल्डवीनले सूटिङको क्रममा वास्तविक गोली प्रहार गर्दा सिनेमाटोग्राफर हलिना हचिन्स मारिएकी छन् । साथै फिल्मका निर्देशक जोएल सुजा गम्भीर घाइते भएका छन् ।

उनको अहिले मेक्सिकन अस्पतालमा उपचार भइरहेको छ । ४२ वर्षीय सिनेमाटोग्राफर हचिन्स मारिएपछि धेरै फिल्मकर्मीले उनलाई श्रद्धाञ्जली दिन थालेका छन् । रिपोर्ट अनुसार अभिनेता बाल्डवीनले अभिनयका लागि चलाउनुपर्ने गोली वास्तविकतामै चलाइदिएका थिए । र जुन् सक्कली नै भएको बताइएको छ ।

न्यू मेक्सिको सहरस्थित बोनान्जा क्रिक रेन्च फिल्म सेटमा यस्तो अकल्पनीय घटना भएको हो । घटनापछि घाइते सिनेमाटोग्राफरलाई तत्कालै न्यू मेक्सिको अस्पताल लगिएको थियो । तर उनको ज्यान बचाउन नसकिएको चिकित्सकहरुले बताएका छन् । घाइते निर्देशक सुजाको भने उपचार भइरहेको छ ।

तर प्रहरीले यस घटनालाई लिएर कोहीमाथि पनि आपराधिक मुद्दा दायर गरेको छैन । प्रहरी अधिकारीहरुका अनुसार सूटिङमा रहेका फिल्मकर्मीहरमाथि सवधपुछपछि मात्रै मुद्दा चलाइनेछ । तर यस घटनामा अभिनेता बाल्डवीन, निर्देशक सुजा र रस्टको प्रोडक्शनको तर्फबाट केही बयान सार्वजनिक भएको छैन ।

सामान्यत: फिल्ममा केही नक्कली सामानको प्रयोग गर्ने चलन भए पनि पछिल्लो समय निर्देशकहरु सक्कली ‘प्रप्स’ नै चलाउन थालेका छन् । जसले गर्दा पर्दामा पनि कुनै सामान नक्कली नदेखियोस् भन्ने उनीहरुको चाहना हुन्छ । पछिल्लो घटनापछि फिल्म रस्टको सूटिङ रोकिएको छ । एल के बाल्डवीन यस फिल्मको मुख्य भूमिकामा थिए । र प्रोड्युसर पनि ।

प्रकाशित : ६ कार्तिक २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६