वासिङटन ६ कार्तिक। हलिउड फिल्म ‘रस्ट’ सूटिकङको क्रममा अनपेक्षित घटना भएको छ । जहाँ अभिनेता एल के बाल्डवीनले सूटिङको क्रममा वास्तविक गोली प्रहार गर्दा सिनेमाटोग्राफर हलिना हचिन्स मारिएकी छन् । साथै फिल्मका निर्देशक जोएल सुजा गम्भीर घाइते भएका छन् ।
उनको अहिले मेक्सिकन अस्पतालमा उपचार भइरहेको छ । ४२ वर्षीय सिनेमाटोग्राफर हचिन्स मारिएपछि धेरै फिल्मकर्मीले उनलाई श्रद्धाञ्जली दिन थालेका छन् । रिपोर्ट अनुसार अभिनेता बाल्डवीनले अभिनयका लागि चलाउनुपर्ने गोली वास्तविकतामै चलाइदिएका थिए । र जुन् सक्कली नै भएको बताइएको छ ।
न्यू मेक्सिको सहरस्थित बोनान्जा क्रिक रेन्च फिल्म सेटमा यस्तो अकल्पनीय घटना भएको हो । घटनापछि घाइते सिनेमाटोग्राफरलाई तत्कालै न्यू मेक्सिको अस्पताल लगिएको थियो । तर उनको ज्यान बचाउन नसकिएको चिकित्सकहरुले बताएका छन् । घाइते निर्देशक सुजाको भने उपचार भइरहेको छ ।
तर प्रहरीले यस घटनालाई लिएर कोहीमाथि पनि आपराधिक मुद्दा दायर गरेको छैन । प्रहरी अधिकारीहरुका अनुसार सूटिङमा रहेका फिल्मकर्मीहरमाथि सवधपुछपछि मात्रै मुद्दा चलाइनेछ । तर यस घटनामा अभिनेता बाल्डवीन, निर्देशक सुजा र रस्टको प्रोडक्शनको तर्फबाट केही बयान सार्वजनिक भएको छैन ।
सामान्यत: फिल्ममा केही नक्कली सामानको प्रयोग गर्ने चलन भए पनि पछिल्लो समय निर्देशकहरु सक्कली ‘प्रप्स’ नै चलाउन थालेका छन् । जसले गर्दा पर्दामा पनि कुनै सामान नक्कली नदेखियोस् भन्ने उनीहरुको चाहना हुन्छ । पछिल्लो घटनापछि फिल्म रस्टको सूटिङ रोकिएको छ । एल के बाल्डवीन यस फिल्मको मुख्य भूमिकामा थिए । र प्रोड्युसर पनि ।
प्रतिक्रिया