प्रदेश

सरकार पूर्व राजा ज्ञानेन्द्र शाहले किन धम्क्याउन थाले?



धनगढी, ७ कार्तिक  । सत्तारुढ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पूर्व राजा ज्ञानेन्द्र शाहले धम्क्याउन थालेको बताएका छन् । कैलालीको धनगढीमा आज (शनिबार) आयोजित एक कार्यक्रममा पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रमा पूर्वराजाले उपदेश दिनु राम्रो नभएको बताए ।

‘आज राजाले धम्क्याउन थालिसके, ज्ञानेन्द्रले उपदेश दिन थाले,’ आक्रोशित हुँदै उनले भने, ‘ज्ञानेन्द्रले उपदेश दिने हो आजको संघीय लोकतान्त्रिक गणतन्त्रमा ? यो सुनेर बस्ने हो आजका नेपालका नेताहरुले ?’

अर्को फरक प्रसंगमा समयमै महाधिवेशन गर्न नसक्दा नेपाली कांग्रेस असंवैधानिक बनेको बताए । सभापति शेरबहादुर देउवाले समयमै काम नगरेकाले यस्तो अवस्था आएको उनको आरोप छ । कांग्रेसमा आन्तरिक लोकतन्त्र विकासको खाँचो भएको उनको भनाइ छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीले वैधानिकता गुमाइसकेको र अहिले निर्वाचन आयोगको निगाहामा बाँचिरहेको बताएका छन् । पौडेलले पार्टी विधान अनुसार केन्द्रीय समितिको कार्यकाल ४ वर्षको हुने र असाधारण अवस्थामा एक वर्ष थप गर्न पाइने समय पनि पूरा भइसकेको बताए ।

‘पार्टी विधानले ४ वर्ष कार्यकाल तोकेको छ । असाधारण अवस्थामा बढीमा एक वर्ष थप्न पाइने भनेको छ, त्यो पनि गइसक्यो । विधान अनुसार हामी अवैध भइसक्यौं’ उनले भने । पार्टी विधान मात्र नभई देशको संविधान अनुसार पनि कांग्रेसले वैधानिकता गुमाएको पौडेलले बताए । संविधानले पनि राजनीतिक दलले ५ वर्ष ६ महिनाभित्र नयाँ नेतृत्व चयन नगरे अवैध हुने व्यवस्था गरेको पौडेलले बताए । कांग्रेस वैधानिकताको सबै बाटो सकिएर अहिले निर्वाचन आयोगको निगाहामा बाँचेको उनले बताए ।

प्रकाशित : ६ कार्तिक २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६