जीवनशैली

पालिका अधिवेशनमा आकांक्षी धेरै हुदा एमालेलाई जटिलता



बुटवल ८कार्तिक।  नेकपा एमालेको आगामी नगरअधिवेशनमा रुपन्देहीका सबै पालिकाहरुमा आकांक्षीहरुको संख्या बढेपछि नेतृत्वलाई ब्यवस्थापनका लागि कठिन भएको छ।कार्तिक ६ गते सम्पन्न वडा अधिवेशनबाट अधिकांश वडाहरुमा निर्बिरोध नेतृत्व चयन गरेको एमालेका लागि नगर अधिवेशन निर्विरोध हुने अवस्था न्युन बन्दै गएको छ।

अध्यक्षका आकांक्षीहरुले भटाभट आ आफ्ना पक्षमा लवि थालेपछि एमाले रुपन्देही नेतृत्व तनावमा परेको छ।रुपन्देहीका पालिकाहरुको नेतृत्व गर्ने अवस्थामा रहेको बुटवल उपमहानगरपालिकामा यसपटक नगर अध्यक्षका लागि ६ जना आकांक्षीहरु रहेका छन्।

बर्तमान नगर अध्यक्ष बावुराम पन्थी पुन सोही पदमा दोहोरयाउने मनस्थीतीमा छन् भने पुर्र्व नगर अध्यक्ष ज्ञान प्रसाद अर्याल, अनेरास्ववीयुका केन्द्रिय उपाध्यक्ष समेत रहेका पार्टी उप महासचिव बिष्णु पौडेलका स्वकीय सचिव यम पाण्डे, हालका नगरसचिव रहेका किशन ज्ञवाली, नगरसदस्य रहेका केशव पन्थी र राजेन्द्र ढकाल अध्यक्ष पदका आकांक्षी रहेका छन्।

त्यसैगरी तिलोत्तमा नगरपालिकामा नगर अध्यक्षका लागि मिन प्रसाद पोखरेल, नेत्र बन, शुरेन्द्रश्री बिश्वकर्मा, टामनाथ पाण्डे अध्यक्षका दावेदार रहेका छन्। तिलोत्तमा नगर अध्यक्ष मोहन चापागाई जिल्ला प्रचार बिभाग प्रमुख समेत रहेका कारण नगरबाट बिदा लिने छन्।

यसैगरी रुपन्देहीको अर्को पालिका सिद्धार्थनगर नगरकमिटीको अध्यक्षका लागि थानेश्वर पौडेल, चक्र बहादुर थापा, ध्रुव अधिकारीले आकांक्षा ब्यक्त गरेका छन्। सिद्धार्थ नगरका बर्तमान अध्यक्ष चोपलाल आचार्य एमाले जिल्ला कमिटी सचिवालय सदस्य समेत रहेका कारण बिदा लिने मनस्थीतीमा छन्।

रुपन्देहीको पुर्वी क्षेत्रको नगरपालिका देवदहको अध्यक्षका लागि बहालवाला अध्यक्ष प्रकाश अर्याल, यस अघि स्थानिय निर्वाचनमा नगर प्रमुखमा पराजित टिकाराम चापागाई, बिष्णु पौडेल र स्थानीय खानेपानी तथा सरसफाई उपभोक्ता समुहको निर्वाचनमा नेकपा एमालेबाट बिद्रोही उम्मेदवार बनेर बिजयी भएका गुमानसिंह कुवर अध्यक्षमा दावी गरी रहेका छन् ।

यसैगरी सैनामैना नगरकमिटी अध्यक्षका लागि बाहालवाला नगर अध्यक्ष नारायण न्यौपाने संगै शालिकराम भण्डारी, जिवनाथ पाण्डेले अध्यक्ष पदमा दावी गरि रहेका छन्।

यसका साथै लुम्विनी सांस्कृतीक नगरपालिका नगरकमिटी अध्यक्षमा बर्तमान अध्यक्ष रामचन्द्र यादवले बिदा लिने सोचमा रहेका छन् भने पत्रकार समेत रहेका बिरेन्द्र कुमार मिश्र, निसाहर अहमद खां, जगदीश यादव, बिनोद कहार अध्यक्ष पदमा दावेदार छन् ।

यसैगरी गैडहवा गाउकमिटी अ्रध्यक्षमा बिद्यार्थी नेता संदिप गुप्ता संगै भुवन राना, नगेन्द्र प्रताप कुर्मी अध्यक्षका आकांक्षी छन्।यता कपिलबस्तु संग सिमा जोडिएको कन्चन गाउपालिकामा भने बहालवाला अध्यक्ष भरतमणी सापकोटा नै अध्यक्षको हुने निश्चित भई सकेको बताईएको छ्।

प्रकाशित : ७ कार्तिक २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६