प्रदेश

बालविवाह गरेपछि बेहुला बेहुलीसहित चार जनालाई पक्राउ



सुनसरी ८ कार्तिक। सुनसरीको इटहरीमा बालविवाह गरेको अभियोगमा बेहुला बेहुलीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई पक्राउ गरेर बालविवाह विरुद्धको मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

इटहरी २ स्थित हवाई चौकमा १७ वर्षीया बालिकाको बालविवाह गरेको अभियोगमा बेहुला सन्दीप, बेहुली, बेहुलाका बुवा कालुबहादुर रसाइली र बेहुलीकी आमा सेविका दर्नाललाई पक्राउ गरी मुद्दा चलाइएको सुनसरी प्रहरीले जानकारी दिएको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय इटहरीले असोज २५ गते विवाह मण्डपबाट पक्राउ गरेको थियो ।

चारै जनाविरुद्ध सुनसरी जिल्ला अदालतबाट बालविवाह मुद्दामा पाँच दिन म्याद थप भई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : ८ कार्तिक २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६