अन्तर्राष्ट्रिय

टी २० विश्व कपः पाकिस्तानले पहिलो पटक भारतलाई हरायो



काठमाण्डौ, ८ कार्तिक । आईसीसी टी २० विश्व कपमा पाकिस्तानले पहिलो पटक भारतलाई हराएको छ । भारतले दिएको एक सय ५१ रनको लक्ष्य पाकिस्तानले एक विकेट पनि नगुमाइ १३ बल अघि नै भेटायो । पाकिस्तानका लागि कप्तान बाबर आजमले ६८ र विकेटकिपर मोहम्मद रिजवानले ७९ रन बनाए । यी दुईले एक सय ५२ रनको साझेदारी गरे ।

यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको भारतले २० ओभरमा सात विकेट गुमाएर एक सय ५१ रन बनायो । भारतका लागि कप्तान विराट कोहलीले ५७ रन बनाए । यस्तै विकेटकीपर ऋषभ पन्तले ३९ रन बनाए । 

बलिङतर्फ पाकिस्तानका शहीन अफ्रिदीले तीन विकेट लिए । शहीनले केएल राहुल, रोहित शर्मा र कोहलीलाई आउट गरे । यस्तै हसन अलीले दुई विकेट लिए ।  यो जितसँगै टी २० विश्व कपमा पाकिस्तानले भारतसँगको ६ भेटमा एक जित निकालेको छ ।

प्रकाशित : ८ कार्तिक २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६