प्रदेश

अफगानिस्तानमा भोकमरीका कारण ८ बालबालिकाको मृत्यु



 अफगानिस्तान ८ कार्तिक ।  काबुल — अफगानिस्तानका एक नेताले पश्चिम काबुलस्थित ८ बालबालिकाको भोकमरीका कारण मृत्यु भएको बताएका छन् ।

पूर्वसांसद् हाजी मोहम्मद मोहकेकका अनुसार अल्पसंख्यक हजारा समुदायका बालबालिकाको यसरी मृत्यु भएको हो । ‘पश्चिम काबुलमा गरिबी र भोकमरीले ८ बालबालिकाको मृत्यु भयो,’ मोहकेकले बताए ।

अफगानिस्तानमा तालिबान सत्तामा आएपछि जनताको जीवनस्तर उकास्न तालिबान सरकार असक्षम भएको उनले बताए । यस्तै हजारा र सिया समुदायलाई सहयोग गर्न उनले अन्तर्राष्ट्रिय समुदयलाई आग्रहसमेत गरेका छन् । तालिबान सत्तामा आएपछि नै यहाँका हजारासहित अल्पसंख्यक समुदाय प्रताडित बन्ने गरेको भन्दै तालिबान सरकार आलोचित बन्दैआएको छ । यस्तै सिया समुदाय पनि सशस्त्र समूहको निशाना बन्दैआएका छन् ।

काबुलस्थित मानवअधिकारकर्मीहरुले तालिबानले अल्पसंख्यक समुदायमाथि अमानवीय व्यवहार गरेको बताएका छन् । एम्नेस्टी इन्टरनेश्नलले यसै महिनाको सुरुमा तालिबानले अल्पसंख्यक समुदाय हजारामामाथि कसरी नरसंहार गरेको थियो भन्नेबारे रिपोर्ट नै तयार पारेको थियो ।

ठूलो संख्यामा सिया धर्मावलम्वीहरु रहेका हजारा नागरिकहरु देशभर ९ प्रतिशतको संख्यामा छन् । अधिकारकर्मीहरुका अनुसार उनीहरु विगतमा युद्धको क्रममा तालिबानद्वारा सताइएका थिए ।

यस्तै अन्तर्राष्ट्रिय समुदायले पनि यहाँ तालिबानले सत्ता कब्जा गरेपछि अल्पसंख्यक हजारा समुदायको जीवनयापनको अवस्था बिग्रेको भन्दै चेतावनी दिएका छन् ।

मध्य अगस्टमा तालिबानले सत्ता कब्जा गरेपछि नागरिकहरुको जीवनयापन बिग्रेको विषयमा धेरै अन्तर्राष्ट्रिय समूहले चेतावनी दिएका छन्। अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि अधिकांश विदेशी नागरिकले काबुल छाडेका थिए । तालिबान नेतृत्वको सरकारले भने विदेशी नाकाबन्दी र आर्थिक संकटको सामना गर्न थालेको छ ।

प्रकाशित : ८ कार्तिक २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६