८ कार्तिक । अधिवेशन गर्ने पहिलो पालिका पूर्वसञ्चारमन्त्री पार्वत गुरुङको गृहनगर बनेको छ । दोलखाको गौरीशंकर गाउँपालिकामा नेकपा एमालेले तोकिएको भन्दा अघिल्लो दिन आज नै पालिका अधिवेशन समपन्न गरी नयाँ नेतृत्व चयन गरेको हो ।
एमाले केन्द्रीय सदस्य तथा पूर्वसञ्चारमन्त्री पार्वत गुरुङको गाउँपालिका गौरीशंकरमा आज नै अधिवेशनबाट सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको छ ।
गौरीशंकर गाउँपालिका वडा नम्बर ५ सुरीको गुरुम्फीमा आज भएको प्रथम अधिवेशनले जङ्ग गुरुङको अध्यक्षतामा ७५ सदस्यीय पालिका कमिटी सर्वसम्मत रुपमा चयन गरेको छ । कमिटीको उपाध्यक्षमा मिङ्गुर शेर्पा, सचिवमा देवराम बुढाथोकी र सहसचिवमा टिका खत्री केसी र प्रकाश कार्की रहनु भएको छ । नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई दोलखाका प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका पूर्वमन्त्री गुरुङ र एमाले जिल्ला कमिटी अध्यक्ष इश्वरचन्द्र पोखरेलले बधाइ दिनुभएको छ ।








प्रतिक्रिया