प्रदेश

चार वर्षको कार्यकाल पूरा गरेर राष्ट्रियसभाका २० सांसद फागुन २१ मा बिदा हुँदै



काठमाडौं ९  कात्तिक । राष्ट्रियसभाका २० सांसद चार वर्षको कार्यकाल पूरा गरेर फागुन २१ मा बिदा हुँदैछन् । २०७५ असार ४ गते गोला प्रथामार्फत चार वर्षे अवधि कायम भएका सांसदहरूको पदावधि सकिन लागेको हो । पहिलो पटक सदस्यको पदावधि कायम गर्दा गोला प्रथाद्वारा कार्यकाल निर्धारण गरिएको थियो ।

संविधानको धारा ८६ मा राष्ट्रिसभा गठनसम्बन्धी व्यवस्थामा राष्ट्रिय सभाका सदस्यहरूको पदावधि छ वर्षको हुनेछ । राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने व्यवस्था छ । जसअनुसार २० जना सांसदको चार वर्षे कार्यकाल फागुन २० मा सकिन लागेको हो । नेकपा एमालेका ८, माओवादी केन्द्रका पाँच, एकीकृत समाजवादीका ४ र नेपाली काँग्रेसका ३ जना सांसद राष्ट्रियसभा सदस्यबाट बिदा हुनेछन् ।

जसमा नेकपा एमालेका सांसदहरू अगमप्रसाद वान्तवा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही, नैनाकला ओझा, पर्शुराम मेघी गुरुङ, राम लखन चमार, सुमनराज प्याकुरेल रहेका छन् । नेकपा (एकीकृत समाजवादी) का उदयाशर्मा पौडेल, ठगेन्द्रप्रकाश पुरी, शान्ति कुमारी अधिकारी जिशी, शेरबहादुर कुँवरको पदावधि पनि सकिन लागेको छ ।

उता, नेपाली कांग्रेसबाट दृगनारायण पाण्डेय, तारादेवी भट्ट, राधेश्याम अधिकारीले पनि सोही मितिबाट बिदा लिनेछन् । पाण्डेय चन्द्रबहादुर खड्काको स्थानमा यही जेठ १७ गतेको उपनिर्वाचनबाट राष्ट्रिय सभामा प्रवेश गरेका थिए । नेकपा माओवादी केन्द्रका खिमकुमार बिक, जीवन बुढा, दिनानाथ शर्मा, शशीकला दाहाल छन् ।

त्यस्तै मनोनिततर्फ रामनारायण बिँडारीको पनि पदावधी सकिँदैछ । ती २० सांसदको पद सकिन लागेपछि सरकारले निर्वाचनको मिति छिट्टै तोक्ने तयारी गरेको छ । आज निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको मिति तय हुने बताएका छन् ।

दुई वर्ष पदावधिको चिट्ठा परेका १९ जना सांसद ०७६ मा बिदा भएका थिए । उनीहरुको ठाउँमा ६ वर्षका लागि १९ जना निर्वाचित भएर आएका थिए । अब राष्ट्रिय सभामा आउने २० सांसदको कार्यकाल ६ वर्षको हुनेछ । उनीहरुको मतदाता प्रदेश सभा सांसद र गाउँ–नगर पालिका प्रमुख–उपप्रमुख हुन्छन् ।

प्रकाशित : ९ कार्तिक २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६