प्रदेश

सर्वोच्च अदालतमा १३ जना न्यायाधीश छुट्टै बैठकमा बसेपछि रोकियो सुनवाइ



काठमाडौं ९ कात्तिक । सर्वोच्च अदालतमा आज (सोमबार) खाजा समय अघिसम्म इजलास बस्न सकेको छैन । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर बाहेकका अरु १३ जना न्यायाधीश छुट्टै बैठकमा बसेपछि सोमबार तोकिएका ७ वटामध्ये कुनै पनि इजलास बस्न सकेको छैन ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध मोर्चाबन्दी गरेका न्यायाधीशहरूले सर्वोच्च अदालतको बेञ्च समेत अघोषित रुपमा बहिष्कार गरेका छन् । सोमबार तोकिएका सात वटा इजलासमा कार्यालय शुरु भएको तीन घण्टा बितिसक्दा पनि कुनै मुद्दाको सुनुवाइ हुन सकेको छैन ।

प्रधानन्यायाधीश जबराले सोमबार ६ वटा संयुक्त र एउटा एकल इजलास तोकेका छन् । उनले आफ्ना लागि भने इजलास तोकेका छैनन् । प्रधानन्यायाधीश जबराले सोमबार हरिकृष्ण कार्की नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन र वरिष्ठ अधिवक्ता उपाधिका विषयमा छलफल गर्न सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट) बोलाएका थिए । तर सोमबार सर्वोच्चमा उपस्थित भएका जबराबाहेकका १३ जना न्यायाधीशले फुल कोर्ट बैठक बहिष्कार गरेर छुट्टै बैठकमा बसेका हुन् ।

प्रकाशित : ९ कार्तिक २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६