प्रदेश

एकीकृत समाजवादीको प्रदेश बैठकले गरयो नेताहरुको कार्यविभाजन



बुटवल १० कात्तिक। नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश समितिले नेताहरुको कार्यविभाजन गरेको छ । बुटवलमा सम्पन्न प्रदेश समिति सचिवालयको बैठकले नेताहरुको कार्यविभाजन गरेको हो । बैठकले पार्टीका केन्द्रीय सदस्य तथा रुपन्देही इञ्चार्ज डा.बालकृष्ण चापागाईंलाई प्रचार विभाग, केन्द्रीय सदस्य बृहस्पति अधिकारीलाई स्कूल विभाग, नेता अशोक कोइरालालाई संगठन विभाग, प्रदेश सचिव राजु गुरुङलाई आर्थिक विभाग प्रमुख र सिद्धिचरण भट्टराईलाई प्रदेश कार्यालय सचिवको जिम्मेवारी तोकेको छ ।


यस्तै बैठकले प्रदेश कमिटीलाई १ सय ६१ सदस्यीय बनाउने, कात्तिक मसान्तभित्र जनवर्गीय संगठन निर्माण गर्ने र मंसिर ३ देखि १६ गतेसम्म लुम्बिनीका १२ वटै जिल्लामा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको सचिव राजु गुरुङले जानकारी दिए । मंसिर ३ गते बर्दियाबाट शुरु हुने प्रशिक्षण १६ गते रुपन्देहीमा समापन गरिने सो पार्टीले जनाएको छ ।

बैठकमा लुम्बिनी प्रदेशबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने नेता तथा १२ वटै प्रदेशका जिल्ला अध्यक्षहरुको सहभागिता रहेको थियो । बैठकलाई केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेश इञ्चार्ज भागवत विश्वासी, पोलिटब्यूरो सदस्य सोमप्रसाद पाण्डे, लुम्बिनी प्रदेश अध्यक्ष मेटमणी चौधरी लगायतले सम्बोधन गर्दै कम्युनिष्ट सिद्धान्त अनुसारको पार्टी निर्माणमा जुट्नुपर्ने बताएका थिए ।

प्रकाशित : १० कार्तिक २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६