अर्थ-वाणिज्य

घर न घाटको अवस्था : राष्ट्रिय सभा सदस्य पाण्डेय आठ महिनामै आउट, देवकोटाको ?



कपिलवस्तु १० कार्तिक ।उपनिर्वाचनबाट राष्ट्रिय सभामा प्रवेश गरेका कपिलवस्तुका दृगनारायण पाण्डेय आठ महिनामै आउट हुने भएका छन् । यो संगै पदिय जिम्मेवारीका हिसावले उनी घर न घाटको हुन पुगेका छन् । एमालेवाट प्रदेश सभामा निर्वाचित भएर संसदीय समितिको सभापति भई सुविधा लिदै आएका पाण्डे सत्ताको खेलमा लागेर एमाले परित्याग गर्न पुगेका थिए । राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने व्यवस्था अनुसार पाण्डेय आगामी फागुन २० गतेबाट विदा हुने भएका हुन्।

नेकपा माओवादीबाट राष्ट्रिय सभामा निर्वाचित चन्द्रबहादुर खड्काले नेकपा एमाले रोजेपछि माओवादीले पदमुक्त गर्दा उपनिर्वाचन भएको थियो ।  माओवादी केन्द्रबाट राष्ट्रिय सभाका सदस्यमा निर्वाचित अर्घाखाँचीका  खड्का एमालेमा प्रवेश गरेपछि सो पद रिक्त भएको थियो ।  

पहिला एमालेमै रहेका पाण्डेय लुम्बिनी प्रदेशको सांसदबाट राजीनामा दिई काँग्रेसमा प्रवेश गरी जेठ १७ गते भएको उपनिर्वाचनमा राष्ट्रिय सभाको उम्मेदवार बनेका थिए । यता एमालेले खड्कालाई उम्मेदवार बनाएको थियो । काँग्रेस, माओवादी केन्द्र, एमालेको तत्कालीन माधव नेपाल समूह र जसपाको उपेन्द्र यादव पक्षको साथ पाएपछि पाण्डेयले खड्कालाई पराजित गरेका थिए । तर पहिलो पटक सदस्यको पदावधि कायम गर्दा गोला प्रथाद्वारा कार्यकाल निर्धारण हुँदा खड्कालाई चार वर्षे चिट्ठा परेको थियो ।

पाण्डेयले खड्काको स्थानमा जितेकाले ८ महिनामै कार्यकाल सकिन लागेको हो । प्रदेश सांसदबाट राजीनामा दिएर राष्ट्रिय सभामा आएका उनी ८ महिनामै बाहिरिने भएका हुन् । उनीसँगै २० जना राष्ट्रियसभा सदस्य फागुन २० मा विदा हुन लागेका छन् ।तर बागमती प्रदेशमा गत जेठ ६ गते भएको राष्ट्रिय सभा उपनिर्वाचनबाट निर्वाचित डा खिमलाल देवकोटाको कार्यकाल भने दुई वर्ष बाँकी छ । माओवादी केन्द्रबाट राष्ट्रिय सभाका सदस्यमा निर्वाचित चितवनका  रामबहादुर थापा ‘बादल’ एमालेमा प्रवेश गरेपछि सो पद रिक्त भएको थियो ।

काँग्रेस, माओवादी, एमालेको तत्कालीन माधव नेपाल समूह र जसपाको उपेन्द्र यादव पक्षबाट साझा उम्मेदवार बनेका देवकोटाले एमाले उम्मेदवारका बादललाई पराजित गरेका थिए ।पहिलो पटक सदस्यको पदावधि कायम गर्दा गोला प्रथाद्वारा कार्यकाल निर्धारण हुँदा बादललाई ६ वर्षे चिट्ठा परेकाले २०८० फागुनसम्म देवकोटाको कार्यकाल रहने छ । ०८० फागुनमा देवकोटासँगै गोला प्रथामा ६ वर्षको चिठ्ठा परेका २० जना बिदा हुने छन् ।

प्रकाशित : १० कार्तिक २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६