काठमाडौं ११ कात्तिक । प्रधान न्यायाधीश चोलेन्द्रसमशेर जवाराले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी सत्तारुढ गठबन्धनको सवै कुरा भण्डाफोर गर्ने चतावनी दिनुभएको छ । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालकोनेतृत्वमा आफूविरुद्ध सत्तारुढ गठबन्धनबाटै अफवाह फैलाउने काम भएको भन्दै प्रधानन्यायाधीश जवराले अव चुप नबस्ने चेतावनी प्रधानमन्त्री देउवालाई दिनुभएको हो । सुरक्षास्रोतका अनुसार प्रधानन्यायाधीश जवराले सोमवार साँझ प्रधानमन्त्री देउवालाई भेटनु भएको थियो । सर्बोच्च अदालतमा बारसम्बद्ध पदाधिकारीहरुसँग भेटी सोमबार विहान ११ बजे बोलाएको फूलकोर्ट बैठकमा सर्बोच्च अदालतका १४ जना न्यायाधीशहरु अनुपस्थित भएपछि आक्रोशित हुनुभएका प्रधानन्यायाधीश राणाले सोही दिन साँझ प्रधानमन्त्री देउवालाई प्रधानमन्त्री निवास बालुवाटारमा भेट गर्नुभएको थियो । भेटमा प्रधानन्यायाधीश जवराले सत्तारुढ गठबन्धनले आफ्नाविरुद्ध परिस्थिति भड्काएको र असहज परिस्थिति ल्याई न्यायपालिकालाई थप विवादमा पारेको भन्दै आफूले राजीनामा दिएर पद नछाड्ने प्रष्ट बटमलाइन सुनाउनु भएको छ । स्रोतका अनुसार, प्रधानन्यायाधीश जवराले आफूले पत्रकार सम्मेलन नै गरेर हालसम्म भएका सबै कुराहरु खुल्ला खुलस्त सार्वजानिक गरिदिने चेतावनी दिनुभएको छ । मैले पनि सवै कुरा खुलाखुलस्त पारिदिऊँ, कस्ले के भनेका थिए ? को को के गर्दैछन, यी सवै कुराको खुलस्त पार्ने अवस्था नआवस, प्रधानमन्त्रीसँग आक्रोश पोख्दै प्रधानन्यायाधीशको भनाई थियो । प्रधानमन्त्री देउवा प्रधानन्यायाधीश राणा नेतृत्वकोको सर्बोच्च अदालतको संबैधानिक इजलासको परमादेशले सो पदमा नियुक्त हुनुभएको हो । समाचारअनुसार, प्रधानन्यायाधीश राणाले प्रधानमन्त्री देउवासँगका सारा कुरा डिस्क्लोज गर्छु, माधव नेपाल र प्रचण्डसँग भएका कुरा पनि डिस्क्लोज गर्छु, अग्नि सापकोटाको मुद्धाबारे पनि म सबै कुरा डिस्क्लोज गर्छु भन्दै बालुवाटारबाट बाहिरिनु भएको थियो । जवराको आक्रोश निकै बढेकोपाएपछि प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई फोन गरी आधा घण्टाका लागि तत्कालै बालुवाटार बोलाएर छलफल गर्नुभएको छ । छलफलमा अदालतको प्रकरण बढदै गएमा न्यायालयमा मात्र होइन गठबन्धनमा पनि असर पर्ने र टुट्न सक्ने खतरा रहने भन्दै देउवाले माधव र प्रचण्डलाई सचेत गराउनु भएको स्रोतले बतायो ।
११ कार्तिक २०७८, बिहिबार








प्रतिक्रिया