प्रदेश

बेमौसमी वर्षाका कारण धानबालीमा क्षति भएका किसानलाई सरकारले ६५ प्रतिशतसम्म राहत दिने



काठमाडौं, ११ कात्तिक । बेमौसमी वर्षाका कारण धानबालीमा क्षति भएका किसानलाई सरकारले राहत दिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले किसानलाई क्षति मूल्याङ्कन गरेर राहत दिने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाका अनुसार किसानलाई सरकारले ६५ प्रतिशतसम्म राहत दिने निर्णय गरेको छ ।

१० कठ्ठा भन्दा कम जग्गा भएका किसानलाई क्षतिको ६५ प्रतिश, ३ विघासम्म जग्गा भएका किसानलाई ३० प्रतिशत र ३ विघा भन्दा कममा खेती गरेका किसानलाई क्षतिको २० प्रतिशत राहत दिने निर्णय भएको हो । सरकारले धानबालीमा भएको क्षतिबारे अध्ययन गर्न गृह सचिव टेकनारायण पाण्डेको संयोजकत्वमा समिति गठन समेत गरेको थियो ।

सरकारले न्यूनतम सर्मथन मूल्य कायम गर्दा निर्धारण गरेको उत्पादन लागत बराबरको रकम राहतस्वरुप उपलब्ध गराउने पनि उनले बताए । जसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिवको संयोजकत्वमा कार्यदल बनाउने र उक्त कार्यदलले पाँच दिनभित्र कार्यविधि बनाइ स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेश गर्नेछ ।

प्रकाशित : १२ कार्तिक २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६