प्रदेश

आउँदो आम निर्वाचनमा नेपाली कांग्रेसले कुनै पनि दलसँग गठबन्धन नगर्ने:सुजाता कोइराला



चितवन ११ कात्तिक । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले आउँदो आम निर्वाचनमा नेपाली कांग्रेसले कुनै पनि दलसँग गठबन्धन नगर्ने बताएका छन् । आज (बिहीबार) चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् ।

‘गठवन्धनका विषयमा कुरा उठेको छैन । कांग्रेस एक्लै निर्वाचन लड्नु पर्छ’, उनले भनिन्, ‘कांग्रेस ऐतिहासिक पार्टी भएकाले यस विषयमा छलफल गरेर मात्र निर्णय लिनुपर्छ ।’ फरक प्रसङ्गमा उनले कांग्रेसको महाधिवेशन तोकिएको समयमै हुने बताइन् । ‘सभापतिले अब अधिवेशन समयमा नै हुन्छ भन्नु भएको छ । विश्वास गर्नुपर्‍यो । समयमा नै अधिवेशन हुनुपर्छ’, उनले भनिन् । महाधिवेशनमा आफ्नो उम्मेदवारी के हो भन्ने विषयमा उनले आफू छलफलमै रहेको बताइन् ।

राजनीतिमा परिवारभन्दा पनि विचार कोसँग मिल्छ भन्ने कुरा ठूलो रहेको बताउँदै उनले आफ्नो उम्मेदवारी समय आएपछि मात्र जानकारी दिने बताइन् । कांग्रेसको गुटबन्दी अन्त्य गर्दै आम निर्वाचन लक्षित हुनु आवश्यक रहेको पनि उनले बताइन् । पछिल्लो समय प्रधानन्यायाधीशमाथि भइरहेको चौतर्फी आलोचनाप्रति उनले भनिन्, ‘यसले प्रजातन्त्रलाई कमजोर बनाउँछ ।’

प्रकाशित : १२ कार्तिक २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६