प्रदेश

कविता बोहराको हत्यारालाई जन्मकैदको फैसला



सल्यान१२-कात्तिक/सल्यान त्रिवेणी गाउँपालिका १ तल्लो काभ्राकी १६ वर्षीया कविता बोहराको हत्यारालाई जिल्ला अदालत सल्यानले जन्मकैदको फैसला सुनाएको छ । बिहीबार न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासले बोहराका हत्यारालाई जन्मकैदको फैसला सुनाएको हो ।

कविताकी दिदीको छोरा नाता पर्ने १६ वर्षीय किशोरले कवितालाई एकतर्फी प्रेम गरी पटक पटक प्रेम प्रस्ताव गर्दा उनले कुनै चासो नदेखाएपछि हत्या गरेको बयानका आधारमा जन्मकैदको फैसला सुनाएको जिल्ला अदालत सल्यानले जनाएको छ । मुलुकी अपराध संहिता २०७४ को दफा १७७ (२) बमोजिम जन्मकैद ठहर गरिएको अदालतका स्रेस्तेदार हेमन्त ज्ञवालीले बताए । हत्या गर्ने किशोर भएकाले बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ३६ (३) बमोजिम आधा कैद छुट गरिएको उनको भनाइ छ ।

उनलाई १२ वर्ष ६ महिना कैद हुने ज्ञवालीले बताए । साथै प्रतिवादीबाट मृतकको परिवारलाई १ लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि फैसला भएको छ । २०७६ साल फागुन २ गते राति १२ देखि १ बजेको बीचमा कविताले गोठ नजिकको भकारोको डिलमा मोबाइलमा फोन गर्दै गरेको अवस्थामा १६ वर्षीय किशोरले खुकुरी प्रहार गरी हत्या गरेका थिए ।

प्रकाशित : १२ कार्तिक २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६