काठमाण्डौ, १२ कात्तिक । सर्वोच्च अदालतमा विहिवार सबै मुद्दामाथिको सुनुवाइ रोकिएको छ । तोकिएका कुनै पनि इजलास बस्न नसक्दा विहिवार ‘शून्य सुनुवाइ’को दिन बनेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले विहिवारका लागि आफ्नो एकल इजलाससहित आठ इजलास तोक्नुभएको थियो । विहिवारका लागि एक सय ६७ थान मुद्दाको पेसी तोकिएको थियो ।जबराले २८ मुद्दाको सुनुवाइ आफ्नो इजलासमा तोक्नुभएको थियो ।
प्रधानन्यायाधीशले आफ्नै इजलास तोकेसँगै सर्वोच्चमा शून्य सुनुवाइको अवस्था नरहने आँकलन गरिएको थियो । सर्वोच्चका अनुसार आज एक जना पूर्व न्यायाधीशको निधन भएका कारण कुनै पनि इजलास नबसेको हो । यसअघि सोमबार र मंगलबार न्यायाधीशहरू इजलासमा नबसेपछि सर्वोच्चमा कुनै पनि मुद्दामाथि सुनुवाइ भएको थिएन । बुधवार भने प्रधानन्यायाधीश जबराको एकल इजलासले पाँच मुद्दामाथि सुनुवाइ गरेको थियो ।








प्रतिक्रिया