प्रदेश

रुकुम पश्चिमकि १४ बर्षिया बालिका माथी बलात्कार



दाङ, १२ कात्तिक । रुकुम पश्चिममा एक बालिका माथी बलात्कार भएको घटना सार्वजनिक भएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार जाजारकोट नलगाड नगरपालिका १ बस्ने अन्दाजी १४ बर्षिया बालिका माथी गत बुधवार राती आठ बजे बलात्कार भएको हो । ती बालिका बाँकीज्युउला मेला हेर्न गएको समयमा रुकुम पश्चिम आठबिसकोट १४ बस्ने २६ बर्षिय झलक जैसीले बलात्कार गरेको प्रहरीले बताएको छ ।

पिडितले बालिका माथी बलात्कार भएको भन्दै जैसी विरुद्ध प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक कपिल शर्माले जानकारी दिनुभयो । आरोपित युवक भने फरार रहेको उहाले जानकारी दिनुभयो । बालिकाको अत्यधिक रक्तश्राव भएकाले थप उपचारका लागी बाँकेको नेपालगन्ज रिफर गरिएको छ । फरार युवकको खोजी कार्य भईरहेको उहाले जानकारी दिनुभयो ।

प्रकाशित : १२ कार्तिक २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६