प्रदेश

जुवा खालबाट एमाले र कांग्रेस नेतासहित ८ जना पक्राउ



दाङ, 13कात्तिक । दाङको तुलसीपुरबाट शुक्रबार दिउँसै नेकपा एमाले र कांग्रेसका नेतासहित ८ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । एमालेका नेता मानबहादुर रावत पक्राउ परेका हुन् । तुलसीपुर ११ उरहरीका रावत एमाले प्रदेश कमिटी सदस्य र दाङ निर्वाचन क्षेत्र नं. ३ का इञ्चार्ज हुन् ।.           तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ रजौरास्थित बासु आचार्यको खाली टहराको घरमा शुक्रबार अपरान्ह ४ बजेतिर कौडा खेलिरहेको अवस्थामा छापा हान्दा रावतसहित ८ जनाको साथबाट करिब दुई लाख नगद र केही कागजात पनि बरामद भएको दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए । पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय तुलसीपुरको थुनुवा कक्षमा राखिएको छ ।

प्रकाशित : १२ कार्तिक २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६