खेलकुद

भलिवल प्रतियोगिता हेर्न आएकी १३ बर्षकी बालिकामाथि बलात्कार



बुटवल 13 कार्तिक । पहाडी जिल्ला रूकुम पश्चिममा एक बालिकामाथि बलात्कार भएको छ। रूकुम पश्चिमको आठविसकोट नगरपालिका १४ बाँकेज्युलामा १३ बर्षकी बालिकामाथि बलात्कार भएको हो।

जाजरकोट नलगाड-१ की ती बालिका बाँकेज्युलामा आयोजित भलिवल प्रतियोगिता हेर्न आएकी थिइन्। 

बालिकालाई आठविसकोट नगरपालिका १४ का २६ वर्षीय झलक जैसीले बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी परेको छ।

बालिकामाथि बलात्कार भएको सम्बन्धी जाहेरी दर्ता भइसकेको र अभियुक्त जैसीको खोजी जारी राखिएको प्रहरीले जनाएको छ।

साथै बालिकालाई आठविसकोट नगर अस्पतालमा सामान्य उपचार गरेर थप उपचारका लागि बिहीबार नेपालगञ्ज पठाइएको छ।बालिकाको स्वास्थ्य अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रकाशित : १३ कार्तिक २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६